२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday
पत्रकार कुटपिट प्रकरण

कैलालीका पत्रकारले गरे ‘पेन डाउन’

धनगढी- धनगढी स्थित दिनेश सञ्चार गृहमा गएर पत्रकार माथी हातपात गर्नेलाई पक्राउ गर्नुपर्ने माग गर्दै कैलालीका पत्रकारले आज पेन डान गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिंदै पत्रकारले १ घण्टा पने डाउन गरेका हुन् । पत्रकारलाई कुटपिट गरेको ८ दिन सम्म पनि दोसीलाई पक्राउ नगरेपछि पेन डाउन गरेर प्रशासनलाई दवाव दिएको नेपाल पत्रकार महाँसंस कैलालीका अध्यक्ष जगत साउँदले बताए ।

पत्रकार माथी हातपात भएको विरोधमा पत्रकारले ७ दिन देखी निरन्तर बिरोध गर्दै आएका छन् । कुटपिट गर्नेलाई तत्काल पक्राउ गर्न भन्दै पत्रकार महाँसंघ कैलाली शाखाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानून मन्त्रिलाई ज्ञापन पत्र समेत बुझाईएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पत्रकार माथी हातपात गर्ने मध्य हाल सम्म तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी–५ का मिलन चन्द, धनगढी–५ जाइका शरोज थापा र चक्र रावल रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

समाचारको विषयलाई लिएर भदौ २६ गते केही युवा हरुले दिनेश सञ्चार गृहमै गएर पत्रकार जनक विष्टमाथी हातपात गरेका थिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ आश्विन २

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP