डोटी- जिल्ला अस्पताल डोटीको प्रयोगशालाको परीक्षणमा नेपाली सेनाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज डोटी अस्पतालको प्रयोगशालामा डोटीका १०५ जनाको नमुना परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट पोजेटिभ आएको ल्याव इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य कार्यालय डोटीका अनुसार राजपुर सुल्लेक स्थित ब्यारेकमा कार्यरत ४० जना नेपाली सेनामा कोरोना पुष्टि भएको हो । यसअघि भाद्र १६ गते सोही ब्यारेकमा कार्यरत २१ जना र मंगलबार (हिजो) ६ जनामा कोरोना पुष्टि भएको थियो ।
यो सहित डोटीको राजपुरमा कार्यरत ६७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमतिको संख्या एक हजार २९ पुगेको छ । जिल्लामा एक सय एक जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...