कैलाली- नेकपा कैलालीका अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाले सुदूरपश्चिमका मुख्यमन्त्रको अल्छिपनाका कारण जनचाहना बमोजिम कामगर्न नसकिएको बताएका छन् ।
नेपाल बहसमा ऋषी धमला संगको कुराकानिमा उनले मुख्यमन्त्री त्रिलोचन भट्टमा काम गर्ने ईक्षा शक्ति नभएको र अल्छिपना भएका कारण जनचाहना अनुसार काम गर्न नसकिएको बताएका हुन् ।
मुख्यमन्त्रीले काम गर्न सकेन भन्ने जनगुनासो छ प्रदेशस सरकार असक्षम भयो भन्ने छ भन्ने धमलाको प्रश्नमा थापले भने,‘मुख्यमन्त्रीमा अलिकति ईक्षा शक्ति छैन, पद पाएपछि त्यो अनुसारको आफ्नो भुमिका निभाउनु पर्छ । पार्टी त्यती ठुलो पद दिएपछि जति समय दिनुपथ्र्यो जति एक्टिभ हुनुपथ्र्यो त्यो चै उहाँमा देखिएन ।’
अहिलेको अवस्थामा १८ घण्टा काम गर्नु बेला मुख्यमन्त्रीमा अल्छिपना छ । अलि अल्छि हुनुहुन्छ । जनचाहना अनुसार काम गर्न सकेएको छैन सांसद थापले भने,‘यस बिषयमा हामिले सदन संसद, मिडिया तथा व्यक्तिगत रुपमा पनि कुरा उठाउँदै आएका छौं ।
सरकार फेरबदलको बिषयमा सांसद थापाले मुख्यमन्त्री पनि फेरिनु पर्ने तर्क राखेका छन् । दुई बर्ष सम्म एउटै पदमा बसेको मान्छेलाई फेरबदल गर्नु पर्ने, नयाँ आउनु पर्ने बताउँदै थापाले भने,‘अन्य ब्यक्तिले काम गर्न नसक्ने त्यस्तो क्षमता भएको ब्यक्ति छैन भन्ने होईन सुदूरपश्चिममा मात्रै होईन अन्त पनि फेरबदल हुनुपर्छ ।’
कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ ।...