२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

डोटी अस्पतालको परीक्षणमा थप ६ जना नेपाली सेना सहित १४ जनामा कोरोना पुष्टि

डोटी । डोटीका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा डोटीमा कार्यरत ६ जना नेपाली सेना सहित १४ जनामा कोरोना पुष्टि भएको हो ।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४५ जनाको नमुना परीक्षण गरिएकोमा १४ जना नयाँ संक्रमित थपिएका हुन् । यसअघि कोरोना पुष्टि भएका नेपाली सेनाका १५ जनाको रिपोर्ट पुन: पोजेटिभ आएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीका अनुसार राजपुर स्थित सुल्लेखमा रहेको ब्यारेकका थप ४ जना र राजपुरमा रहेको ब्यारेकका २ जना गरी ६ जना नेपाली सेनाका जवानमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै दिपायल सिलगढी नगरपालिकाका ७ जना र आदर्श गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ भाद्र ३०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP