२०८० आश्विन १७, बुधबार
October 4, 2023, Wednesday

सेती अस्पतालको परीक्षणमा कैलाली र कञ्चनपुरका गरी १४ जनामा कोरोना पुष्टि

कैलाली- धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका ११ सहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा सेती अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको २ सय ७ जनाको स्वाव परिक्षणमा १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 उनका अनुसार सोमबार संक्रमण पुष्टि हुनेमा कैलालीको घोडाघोडी नगरपालिकाका २ महिला र दुई पुरुष गरी ४ जना, गोदावरि नगरपालिकाका दुई पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्बर ३ र ५ का १÷१ महिला, वडा नम्बर–७ का दुई पुरुष र वडा नम्बर–१४ का १ जना पुरुष रहेका छन् ।

 यसै गरी सोमबार नै सेती अस्पतालकै प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरको वेलौरी नगरपालिका–९ का १ पुरुष र शुक्लाफाँटा नगरपालिकाका २ पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Related News

धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
  • २०७७ भाद्र २९

दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...

TOP