२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

भर्चुअल वक्तृत्वकला प्रतियोगिता सम्पन्न : केदारेश्वर माबि कपल्लेकीका छात्र प्रथम

डोटी- राष्ट्रिय बालदिवसको अवसर पारेर आयोजना गरिएको अन्तर मावि नगर स्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको । शिखर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको उक्त प्रतियोगितामा १२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कोभिड १९ ले बालबालिकाको पठनपाठनमा पारेको प्रभाव र न्यूनीकरणका उपायहरु शीर्षकमा भएको उक्त प्रतियोगितामा केदारेश्वर माविका छात्र नेत्र प्रसाद भट्ट प्रथम भएका छन् । शारदा मावि मुडभराकी छात्रा अरुणिका जोशी दृतीय भएकी छिन् भने गणेश मावि जैनोलीका छात्रा चेतना नौन्याल तृतीय भएकी छिन् । त्यस्तै हरिहर मावि तलकोटकी छात्रा सीमा कुमारी मल्लले सान्तोना पुरस्कार पाएकी छिन् ।

प्रतियोगितामा प्रथम, दृतीय, तृतीय र सान्तोना हुनेलाई क्रमश चार हजार, तीन हजार, दुई हजार, एक हजार र प्रमाणपत्र उपलब्ध गराइने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शेरबहादुर कार्कीले बताए ।

“विपदमा बालअधिकारको सुनिश्चितता ः हामी सबैको साझा प्रतिवद्धता” नारा सहितको १५औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजीत उक्त अनलाई प्रतियोगिता कार्यक्रममा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशी प्रमुख अतिथि रहनु भएको थियो ।

नगर उपप्रमुख धौली देवी रावल, डोटी क्याम्पसका उप–प्रध्यापक होमनाथ जोशी , शिक्षा क्षेत्रमा काम गर्ने संस्था सिडिसिका अध्यक्ष हेमराज जोशी, शिखर लर्न एण्ड सेयर ग्रुपका संयोजक शेरबहादुर कठायत, पत्रकार, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा लगायतको सहभागिता रहेको उक्त कार्यक्रमको सहजिकरण कृष्णराज पाठकले गरेका थिए ।

बालबालिकालाई निरन्तर शिक्षासँग जोड्न र उनिहरुको अध्ययनशिलतालाई निरन्तरता दिन प्रेरण मिलोस् भनेर प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख सिताराम जोशीले बताए । कोभिड १९ का कारण थला परेको शिक्षा क्षेत्र र बालबालिकाका लागि बैकल्पिक शिक्षाको व्यवस्था गर्न आफुहरु लागि परेको नगर प्रमुख जोशीले बताए ।

कोरोना महामारीका कारण लामो समय लकडाउनका कारण घरभित्रै बसिरहेका बालबालिकाहरूमा आफ्नो प्रतिभा प्रस्फुटनका लागि प्रविधिको उपयोग गरी प्रतियोगिता सञ्चालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कार्कीले बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ भाद्र २९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP