डोटी- राष्ट्रिय बालदिवसको अवसर पारेर नगरस्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
कोभिड १९ ले बालबालिकाको पठनपाठनमा पारेको प्रभाव र न्यूनीकरणका उपायहरु शीर्षकमा शिखर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले अन्तर मावि नगर स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।
“विपदमा बालअधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिवद्धता” नारा सहितको १५औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजित उक्त प्रतियोगीतामा नगरका १२ वटा विद्यालयबाट विद्यार्थीहरु सहभागी रहेका छन् ।
कोरोना महामारीका कारण लामो समय लकडाउनका कारण घरभित्रै बसिरहेका बालबालिकाहरूमा आफ्नो प्रतिभा प्रस्फुटनका लागि प्रविधिको उपयोग गरी प्रतियोगिता सञ्चालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शेरबहादुर कार्कीले बताए ।
जुम मार्फत गरिएको अनलाईन वक्तृत्वकला प्रतियोगितामा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशी प्रमुख अतिथि रहनु भएको छ । कार्यक्रममा नगर उपप्रमुख धौली देवी रावल, डोटी क्याम्पसका प्रध्यापक, पत्रकार, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, शिक्षा क्षेत्रमा काम गर्ने संस्था सिडिसिका अध्यक्ष लगायतको सहभागिता रहेको छ ।
काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...