२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

डोटीमा निषेधाज्ञा खुकुलो पारियो : व्यापार व्यवसाय र यातायात सञ्चालन हुने

डोटी- डोटीमा दुई सातादेखि जारी निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले एक सूचना जारी गर्दै सोमबारबाट लागु हुने गरी निषेधाज्ञा खुकुलो पारिने जनाएको छ ।

सूचनामा स्वास्थ्य सजकता अपनाएर विहान ६ बजे देखि साँझ ६ बजे सम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाइने जनाएको छ । यातायातका साधानमा सिट क्षमता भन्दा ५० प्रतिसत कम यात्रु बोक्न पाइने छ । अटोरिक्सामा दुई भन्दा बढी यात्रु नबोक्न भनिएको छ ।

जिल्लामा भिडभाड, कार्यक्रम, गोष्ठि, धार्मीक मेला महोत्सव गर्न भने बन्देज लगाइएको छ । सार्बजनिक स्थलमा जादा वा यात्रा गर्दा अनिबार्य मास्कको प्रयोग गर्न भनिएको छ । सार्वजनिक स्थलमा तथा पसलमा सामाजिक दुरी कायम गर्नु पर्ने सूचनामा उल्लेख छ ।

जिल्लामा पहिलो चरणमा भाद्र १४ गते देखि २१ गते सम्म निषेधाज्ञा जारी गरिएकोमा २१ देखी २८ गते राती १२ बजे सम्मका लागि थप गरिएको थियो ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ भाद्र २८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP