डोटी- पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोग शालामा गरिएको परीक्षणमा कैलालीका ६९ सहित सुदूरपश्चिमका ७६ जनामा कोरोना पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ४५ जनाको कोरोना परीक्षण गरिएकोमा ७३ जनामा कोरोना पुष्टि भएको हो । डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ८३ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा १ एक सय ९६ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा कोरोना पुष्टि भएको छ ।
कैलालीको धनगढी उप–महानगरपालिकाका मात्रै ६९ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले शिखर समाचारलाई जानकारी दिए । श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका भित्रैका तर ठेगाना नखुलेका ३१ जना, वडा नम्बर १ का १८ जना, वडा नम्बर २, ३ र ८ का ४÷४ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर ५, ७ त्यसैगरी १२ का एक÷एक जना गरी ६९ जनामा कोरोना संक्रमण भेटिएको हो ।
त्यस्तै सेती प्रादेशिक अस्पतालकै परीक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ का २ जना, कञ्चनपुरकै बेलौली नगरपालिका–२ का एक जना, कैलालीको गोदावरी नगरपालिका – ५ का एक जना र डडेल्धुराको परशुरम नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलसेन नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का एक जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले बताए । संक्रमित डडेल्धुरा सदरमुकाममा व्यवसाय गर्दै आइरहेका एक व्यापारी भएको खुलेको छ ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय १० पुगेको छ ।
दिपायल –शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले किसान र कृषकलाई...