२०७७ मंसिर ९, मंगलवार
November 24, 2020, Tuesday

कैलाली प्रहरीको हिरासतमा एक महिनामा दुई जनाको मृत्यु

धनगढी- मोबाइल चोरीको आरोपमा पक्राउ परेका धनगढी–५ का १९ वर्षीय रोशन विक भदौ २६ गते (बिहीबार) जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएको थियो ।

उनी हिरासतको थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टको भनाइ छ । रोशनका परिवारले भने प्रहरीको यातनाबाट उनको मृत्यु भएको आरोप लगाएका छन ।

यस्तै साउन २८ गते कैलाली प्रहरीको हिरासतमै रहेका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारी (सी) गाउँँका अमरबहादुर चन्दको मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय फूलवारीको हिरासतमा रहेका चन्द प्रहरी कार्यालयको शौचालयमा घाईते अवस्थामा भेटिएका थिए । उनको उपचारका लागि सेती अस्पताल पुगाएपछि मृत्यु भएको थियो ।

एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा दुई जनाको मृत्यु भएको छ । फरक फरक आरोपमा पक्राउ परेका धनगढीमा दुई जनाको मृत्यु भएको हो । प्रहरीको सुरक्षा निगरानी रहेका व्यक्तिको मृत्यु हुनुले कैलाली प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ । आफ्नो निगरानीमा रहेका व्यक्तिको सुरक्षा गर्न नसक्नुले कैलाली प्रहरीको चौतर्फी रुपमा आलोचना भईरहेको छ । प्रहरीको सुरक्षा व्यवस्था फितलो भएको स्पष्ट देखीन्छ । प्रहरी सुरक्षा व्यवस्था कार्यान्वयनमा सक्रिय देखीदैन् ।

हत्याको आरोप

जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएको बिकको परिवारका सदस्यहरुले भने आत्महत्या नभई हत्या भएको बताउँदै आएका छन । शरिरभरी घाउँ देखिएकाले बिकको हत्या भएको दावी उनीहरुको छ ।

मृतकका बुवा टेकबहादुरले प्रहरीले आत्महत्या गरेको बताए पनि उनको अनुहारभरि निलडाम र चोटपटक देखिएकोले आत्महत्या नभई कुटपिटबाट हत्या गरिएको बताए । ‘मुख र नाकमा चोटपटक लागेको छ । मुख र नाकबाट रगत पनि आएको छ,’ उनले भने, ‘प्रहरीको कुटाइबाट मरेको हो । आत्महत्या भनेर प्रहरीले घटना लुकाउन खोजेको छ ।’ शुक्रबार उनका आफन्तजनले दिनभर जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए ।

शनिबार भने सुदूरपश्चिम प्रदेश प्रहरीले सशस्त्र प्रहरी गणका एसपी राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेपछि रोशनको शव बुझेर दाहसंस्कार गरेका छन ।

शव बुझने सहमतीपछि मात्रै परिवारलाई शव हेर्न दिईयो

प्रहरीले हिरासतमा मृत्यु भएका विकका परिवारलाई शव बुझ्ने सहमती भएपछिमात्रै शव हेर्न दिएको परिवारको भनाई छ । रोशनका दाई रबी विकले भने ‘बिहीबार राती मृत्यु भएको रहेछ, हामीलाई शुक्रबार बिहान ९ बजेमात्रै प्रहरीले खबर गर्यो, त्यतीबेलासम्म लास अस्पतालमा राखीएको थियो ।’ ‘हामीलाई हेर्न दिईएन् उनले भने शव बुझ्ने सहमती पत्रमा हस्ताक्षर गराएपछिमात्रै हामीलाई शन हेर्न दिईयो ।’

प्रहरीको आत्महत्या दाबी

प्रहरीले हिरासतमा मृत्यु भएका विकले आत्महत्या गरेको बताउदै आएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बिकले आत्महत्या गरेको दावी गरे । घटनाको छानबिन गर्न सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन भइसकेको उनले बताए ।

प्रहरीले मृत्यु भएका विकले आत्महत्या गरेको भन्दै विभिन्न सञ्चार माध्यमलाई समाचार प्रकाशन गर्न लगाएर आफु चोखो बन्न खोजेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले परीवारलाई खबरै नगरी आत्महत्या गरेको भन्दै समाचार प्रकाशन गर्न लगाएको थियो ।

प्रहरीले परीवारलाई खबरै नगरी आत्महत्या घोषणा गर्नुले प्रहरीको भुमीका शंकास्पद देखीएको हो । जसका कारण अहिले प्रहरीमाथिको जनताको आशा, भरोसा नै टुटेको छ ।

प्रहरी चुक्यो अधिकारकर्मी

राष्ट्रिय मानबअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतको अनुगमन गरेको छ । प्रहरी हिरासतको शौचालय भित्रै झुन्डिएको अवस्थामा शव फेला परेपछि आयोगले अनुगमन गरेको हो ।

राष्ट्रिय मानब अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक झंकर रावलले हिरासत कक्षमा थुनुवाको मृत्यु हुनुमा प्रहरी चुकेको बताए । उनले अहिलेनै आत्महत्या हो भन्न सकिने अवस्था नरहेको बताए । ‘घट्ना स्थलको अनुगमन गर्यौ, आयोगले प्राविधिक दृष्टीकोणबाट मुल्याङकन गर्नेछ’ उनले भने ।

रावलले हिरासतमा राखीएको व्यक्तिको मृत्यु हुनु दुखद भएको बताउदै प्रहरीको सुरक्षाको चुनौतीको बिषय भएको बताए । उनले भने ‘प्रहरी कस्तडीमा मृत्यु हुनु गम्भिर सवाल हो, राज्यले जिम्मेवार हुनुपर्छ ।’ कैलाली प्रहरीको सुरक्षा व्यवस्था कमजोर भएको भन्दै दैनिक यस्ता घट्ना बढ्नुले प्रहरकिो सुरक्षा व्यवस्थामाथी प्रश्न चिन्ह खडा भएको बताए ।

Related News

बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
  • २०७७ भाद्र २८

बझाङ- दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तर्राष्ट्रिय संस्था ‘फरेस्ट स्टेवार्डसिप काउन्सिल (एफएससी)’ बाट प्रमाणित एसियाकै पहिलो सामुदायिक उद्योग धराशायी भएको छ ।...

कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
  • २०७७ भाद्र २८

नेपालमा कोरोना विरुद्धको खोप आयात गर्नका लागि राष्ट्रपतिले भर्खरै अध्यादेश पास गरेकी छिन् । अध्यादेश पास गरेसँगै खोप खरिदका लागि...

कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
  • २०७७ भाद्र २८

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ। एनसीबीले...

TOP