२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सेवानै परम धर्म

– भक्त बहादुर बलायर

१) सेवा धर्म अति गहन योगी पहुच पर ।
सेवा नै उत्तम धर्म निःस्वार्थ भई गर ।।

२) व्यासजी अरुको उपकार पुण्य कार्य मान्छन् ।
अर्कालाई पीडन कार्य पाप कार्य ठान्छन् ।।

३) व्यासका अठार पुराण दुईटा शब्द भन्छन् ।
उपकार पुण्य कार्य पीडन पाप मान्छन् ।।

४) उदार हृदयवाला विश्व परिवार ठान्छन्् ।
विश्वका मानवलाई परिवारभित्र मान्छन् ।।

५) शिवानन्द स्वामी भन्छन् सत्यानन्दलाई ।
भगवानको आदेश पाए रिखियामा आई ।।

६) सत्यानन्द स्वामीजीका गुरु शिवानन्द ।
मानव सेवामा लाए शिष्य सत्यानन्द ।।

७) छिमेकीलाई माया गर मैले गरे जस्तै ।
तिमीले पाएको जस्तो माया देउ त्यस्ते ।।

८) शिवानन्द स्वामी भन्छन् आपूmलाई बदल ।
तिम्रो मन लाग्न सक्छ सेवामा अटल ।।

९) आपूmलाई नबद्ली कुनै पाउँदैन ईश्वर ।
समयमा सेवा गर यो देह नश्वर ।।

१०) सेवा हो सुगम बाटो ईश्वरलाई पाउने ।
सबैले जानु नै पर्छ यो धरामा आउने ।।

११) ईश्वरलाई कार्य सुम्प्यांै सेवा भाव जगाई ।
सबैलाई कुटुम्ब मानौ रिसराग भगाई ।।

१२) अरुको निम्ती जिउने जीवन आदर्श जुनी हो ।
निःस्वार्थ भई सेवा गर्ने तपस्वी मुनी हो ।।

१३) संसार ईश्वरको रुप प्राणी जीवित ईश ।
ईश्वर सम्झी सेवा गर्नु त्यागी राग रिस ।।

१४) सम्पूर्ण ईश्वरको सृष्टि ईश्वरको रचना ।
भोका नाङ्गा झोपडीमा ईश्वरको बासना ।।

१५) मानव ईश्वरको रुप सेवा गरी हसाउँ ।
पीडितका दुःख दर्द हामी मिली भगाउँ ।।

१६) ईश्वर हाँस्दछन् जब सन्तान खुशी बन्छन् ।
खाना नाना शिक्षा स्वास्थ्य पाई सक्षम हुन्छन् ।।

१७) तिन्का आँसु नपुछेर ईश्वर मिल्दैन ।
ईश्वरको कृपा नभई जीवन खिल्दैन ।।

१८) आँसु पुछौं पीडितका दुःखीलाई खुशी दिऔं ।
निरास असहायप्रति जिम्मेवारी लिऔं ।।

१९) निःस्वार्थ सेवाले मन, हृदय उज्यालो ।
आध्यात्मिक मार्ग यही हो नगरौं बियाँलो ।।

२०) जीवनको सच्चा अर्थ सेवा र त्याग हो ।
मानिस बिगार्ने कुरा ईष्र्या र राग हो ।।

२१) नकारात्मक विचारले मन्लाई मैलो पार्छ ।
राग द्वेष ईष्र्या बढी मानव तल झार्छ ।।

२२) विघ्न बाधा आउन सक्छन् सेवा कार्य गरे ।
र्ईश्वर सफल पार्छन् उनको भर परे ।।

२३) ईश्वर जुटाउँछन सबै सच्चा भाव राखे ।
मानव सेवाको लागि निःस्वार्थी भई लागे ।।

२४) दिव्यशक्ति मानव मार्पmत केही कार्य गराउँछ ।
निःस्वार्थी भावना भए ईशले पु¥याउँछ ।।

२५) पुट्टवर्ती साईबाबाले अस्पताल् कलेज् खोले ।
मानव सेवा प्रेम गर सत्य वचन बोले ।।

२६) कतिका अनाथ बच्चा पढन लेख्न पाउँछन् ।
विभिन्न देशका मान्छे उपचार गर्न आउँछन् ।।

२७) सेवा गर्ने हात ठूला पुजा गर्ने भन्दा ।
सेवा गर प्रेम गर दुःखी चित्कार सुन्दा ।।

२८) ईश्वरको कृपा ठान्नु सेवा गर्न पाउनु ।
जीवन सार्थक बन्छ यो धर्तीमा आउनु ।।

२९) तँ चिता पु¥याउँछु मैले भनि कृष्ण भन्छन् ।
सेवा गर्ने मानवका सहयोगी बन्छन् ।।

३०) कति जना अघि सरि कत्रा काम गरे ।
स्कूल अस्पताल खोल्न खाली हात सरे ।।

३१) पवित्र उद्देश्य राखी सेवा कार्य गरे ।
ईश्वर सफल पार्छन् पूर्ण हुन्छ भरे ।।

३२) गरिबको सेवा गर्नु ईश्वर पुजा ठानौं ।
असहाय दुःखित व्यक्ति ईश्वर हुन मानौं ।।

३३) जीवनको बाटो देखाउँ बाटो भुल्नेलाई ।
सत्मार्गमा लाग्न भनांै खाली डुल्नेलाई ।।

३४) ईष्र्यालु धमण्डी रागी सेवा गर्ने हुन्न ।
ईष्र्या राग गर्व त्याग्नु समाजसेवी बन्न ।।

३५) सेवा कुनै सानो ठूलो कहिले हुँदैन ।
भेदभाव पूर्ण सेवा हृदय छुँदैन ।।

३६) हृदयको पवित्रता निःस्वार्थमा मिल्छ ।
सबैतिर आनन्दित खुशी भई खिल्छ ।।

३७) सेवा भावमा सहानुभूति प्रेम उपकार ।
वैराग्य मनमा दया गर्दा परोपकार ।।

३८) महाभारत धर्म सार उपकार कर्म ।
उपकार श्रेष्ठ कर्म सेवा श्रेष्ठ धर्म ।।

३९) संसारका सबै धर्म सेवा कार्य भन्छन् ।
ठूला ठूला महामानव मानव सेवी बन्छन् ।।

४०) स्वास्थ्य केन्द्र विधालय सेवा खातिर खोल्छन् ।
मानवको पहिलो कार्य सेवा धर्म बोल्छन् ।।

४१) जत्रो शक्ति उत्रै भक्ति उत्रै सेवा गर्नु ।
नजानु क्षमता बाहिर ईश्वर भर पर्नु ।।

४२) ईश्वरका भर परे कार्य पुरा बन्छ ।
सहयोगी हात दिन कति जना भन्छ ।।

४३) स्कूल खोले दक्ष शक्ति आपैm बाहिर आउँछन् ।
वास्तविक समाजमा आपूmलाई पाउँछन् ।।

४४) समाजको सेवा गर्लान् आपूmले खेलेको ।
छर्लङ्ग आँखामा जाउलान् दुःखले पेलेको ।।

४५) सबभन्दा कुन हो दुःख यूधिष्ठिरलाई सोद्घा ।
गरिवी महान दुःख नपाई खानु खोद्घा ।।

४६) स्वच्छ पानी खानु लाउनु स्वास्थ्य उपचार ।
भोका नाङ्गा निमुखालाई पु¥याउनु विचार ।।

४७) स्कूल खोल्दा स्वास्थ्य केन्द्र कति ज्ञान हुन्छ ।
सेवा गर्दा उही समाज जब बाधक बन्छ ।।

४८) कुनै भन्छन् नाउँको खाँतिर कुनै पंैसा खान ।
नसकि गाउँमा पस्यो प्रगतिमा जान ।।

४९) दिदैनन् स्कूल खोल्न अस्पताल पनि ।
उजुर बाजुर गर्छन् पैसा खायो भनि ।।

५०) सोके्रटस भन्ने गथ्र्ये सेवा कार्य गरे ।
समाजको उत्थान गर्दा विरोधी पो परे ।।

५१) त्यो ठाउँको दुर्भाग्य हुन्छ गर्नेलाई धपाउँछन्् ।
अनेक यातना दिई नरक देखाउँछन् ।।

५२) भाग्नलाई बनाउँछन् बाध्य कि त विष ख्वाउँछन् ।
यो झुठ भ्रष्ट हो भनि हुल बाँधी आउँछन् ।।

५३) सोके्रटस भन्ने गथ्र्ये भाग्नु हुन्न कैले ।
समस्यालाई जुझ्न सक्ने आफु बनौं पैले ।।

५४) ईश्वरका प्रतिनिधि उनकै कार्य गर्छौ ।
सेवा कार्य गर्दा गर्दै भरे हामी मर्छौ ।।

५५) सोके्रटसले विष पिए सत्य बोल्दा खेरी ।
शोषकलाई ईष्र्या भयो उन्को कार्य हेरी ।।

५६) समाजमा कति कुरा के के भन्दै जान्छन् ।
समाज सेवाको नाममा खान आयो ठान्छन् ।।

५७) जब आउलान् स्कूलबाट सयौं व्यक्ति दक्ष ।
देशको सेवामा लाग्लान् पाई आफ्नो लक्ष्य ।।

५८) अस्पताल जब देला स्वास्थ्य सेवा पुरा ।
मनमनै जे भने पनि छोड्छन काट्न कुरा ।।

५९) नाम दाम कमाउन सेवा गर्नु हुन्न ।
ईश्वरको सेवा भनि समर्पित बन्न ।।

६०) सेवा गर्ने मानिसलाई भगवान सफल पार्छन् ।
बाधा विघ्न संकट सबै ईश्वरले टार्छन् ।।

६१) अपूर्व अनुभूति हुन्छ विरोध गर्दा झन ।
कस्को कार्य गरिरैछु बुझ्छ भित्रि मन ।।

६२) ईश्वरको पुरस्कार सेवा गर्न पाउनु ।
मानवको महत्व यहि हो यो धरामा आउनु ।।

६३) बनार्डशाको नाटक्बाट गान्धी प्रभावित ।
सेवामा जीवन अर्पण मन ईश्वरसित ।।

६४) बनार्डशाको पुस्तक पाए एकाङ्की नाटक ।
कितावमा पुरा डुबे बनेर पाठक ।।

६५) बनार्डशाको भनाइ उन्लाई निकै घत लाग्यो ।
सेवा गर्ने गान्धीजीको सेवा भाव जाग्यो ।।

६६) ईश्वरले त्यसै हामी सृजेका होइननी ।
यो धर्तीमा पठाउन त्यसै सोच्या छैननी ।।

६७) ईश्वरका अपुरा कार्य गर्न हामी आयौं ।
ईश्वरका कृपावाट यस्तो जुनी पायौं ।।

६८) समय सकिन्छ जब जीवन डोरी तान्छ ।
समय अवधि सिद्धि ईश्वरले लान्छ ।।

६९) पछि हामी होस हुन्छ किन हो आएको ।
के कार्य गर्न को लागि यो जुनी पाएको ।।

७०) दिशा पिसाव सँगै छुट्छन काल सामु देखि ।
कालले देखाउँछ कार्य ल्याया हुन्छ लेखि ।।

७१) गान्धीजीलाई होस आयो हामी किन आयौं ।
यो धरामा के को लागि मानव जुनी पायौं ।।

७२) यो धर्तीको भाडा तिर्न समाज सेवा गर्छु ।
दुःखी जनका आँसु पुछि सेवा गरी मर्छु ।।

७३) अफ्रिका देशमा गए सेवा गरु भनि ।
भोका नाङ्गा जन्ता सम्झे आफ्ना देशका पनि ।।

७४) जवसम्म भारतमा खान लाउन पाउन्न ।
अन्न खान्न दुध खान्छु लुगा पनि लाउन्न ।।

७५) स्वतन्त्र देशलाई पार्छु अहिंसाको बाटो ।
एक दिन दिनेछ साथ यो धर्तीको माटो ।।

७६) अंग्रेज धपाई छोडे आपूm पुगे चिता ।
भारतवासीले मान्छन् आज राष्ट्रपिता ।।

७७) सेवा गर्ने ईश्वर भेटी सत्मार्गमा आउँछ ।
नसोचेको काम बन्छ आफ्नो लक्ष्य पाउँछ ।।

७८) छाप्रोमा जन्मेका लिङ्कन कैन्टुकी राज्यमा ।
सेवाले पु¥यायो कता के रैछ भाग्यमा ।।

७९) कापी किताब लुगा किन्न पैसाको अभाव ।
वच्चैदेखि सेवा गर्ने लिङ्कनको स्वभाव ।।

८०) शुक्रवारको डे«स नलाई स्कुलमा आउँदा ।
गुरुले निकाली दियो अर्को डे«स पाउँदा ।।

८१) बस कुरी बसि रैथे लिङ्कन झोक्रिई ।
वयोवृद्ध तल झरे आफ्नो कमर कोप्रिई ।।

८२) झोला उठाई हिड्न खोज्दा वृद्ध धरमराए ।
खुट्टामा लागेर चोट खुट्टा लरबराए ।।

८३) रेलको स्टेसनसम्म झोला बोकी आए ।
वृद्धले गदगद भई हातमा चुप्पा खाए ।।

८४) केहि डलर पुरस्कार आशिष धन्यवाद ।
लुगा किन्ने पैसा पुग्यो लिङ्कनका साथ ।।

८५) फुर्सदको समयमा लिङ्कन भारी बोक्थे ।
कापी किताब लुगा किन्न अघि दुःख भोग्थ्ये ।।

८६) भारी बोक्दै पढाई गर्दै पढाई पुरा ग¥यो ।
यात्रुमा लिङ्कन प्रति निकै प्रभाव प¥यो ।।

८७) राष्ट्रपति बन्न पुगे दासप्रथा नासे ।
गोराको कालाका प्रति भेदभाव मासे ।।

८८) जनताद्वारा जनतालाई जनताको सरकार ।
लिङ्कनको उद्घोस घन्कियो संसार ।।

८९) अरुलाई गरेको सेवा लिङ्कनलाई मेवा ।
काम पायो पढ्न पायो पढ्नलाई टेवा ।।

९०)एग्नेस जन्मिन् अल्वानिया कृषकका घर ।
विश्वमा प्रख्यात भइन सेवा भावका भर ।।

९१)कलकत्ता लोरेटो संघ सेवा गर्न आइन् ।
पात्लोमा राखेका वच्चा नाली भित्र पाइन् ।।

९२) कुकुरले पात्लो तान्दा बच्चाले करायो ।
मनिसको भेला भयो कुकुर डरायो ।।

९३) ईश्वरको ईसारा सम्झि सेवा काममा लागिन ।
अनाथ असायलाई आपूm सँग राखिन ।।

९४) आजन्म कुमारी रही केवल सेवा गरि ।
मदर टेरेसा भन्छन् सबै विश्व भरि ।।

९५) फ्लोरेन्स नाईटिङ्गेलले नर्स काम ग¥यो ।
उच्चकुलकी पुत्री सेवा कत्रो प्रभाव प¥यो ।।

९६) नर्स सेवा मर्यादित नाईटिङ्गेलले गर्दा ।
लाल्टीन बोकी क्याम्प जान्थिन् सिपाही घाइते पर्दा ।।

९७) अब साँच्चै आवश्यक सेवा गर्नु गाउँमा ।
समिति बनाई डटनु सबले आफ्नो ठाउँमा ।।

९८) वातावरण प्रदुषित, महामारी बढ्दै ।
जन्तालाई धौ बाँच्नु हुन्छ महंगाई चढ्दै ।।

९९) गाउँका युवक मिली समिति बनाई ।
उद्धारको काम गर्ने सबैलाई मनाई ।।

१००) भोका नाङ्गा एक् दुई चोटी हेर्नलाई सकेला ।
अर्कामा निर्भर भई झन् त्यसै पल्केला ।।

१०१) सिप सिकाई बाटो देखाउ पछि आपैm गर्छ ।
आफ्ना नै हात खुट्टा चलाई आफ्नो पेट भर्छ ।।

१०२) माछा नदेउ मार्न सिकाउ चाईनिज् उखान भन्छ ।
सिप सिकाई बाटो लाए उद्यमी नै बन्छ ।।

१०३) आफ्नो गाउँ टोल वडा समिति बनाउँ ।
टोल सुधार गर्ने बाटो सबैलाई सुनाउँ ।।

१०४) सबैको मन्जुरी लिई सेवा चालु गर ।
सेवा गर्ने मानिसको रेकर्डमा भर ।।

१०५) गाउँमा फलपूmल खेती कृषिको सुधार ।
मनग्गे उब्जनी गर खोजेर बजार ।।

१०६) शिक्षा सेवा स्वास्थ्य सेवा गाउँमा सुलभ गराउ ।
आफ्नो ठाउँको विकास गर्न सबैले कराउ ।।

१०७) वन नास जनावर नास वातावरण बिग्रिए ।
महामारी पैmलिरहन्छ विकृति भित्रिए ।।

१०८) नपरौं अर्काको भर आफ्नो काम गरौं ।
यस्तो राम्रो ठाउँ जन्मी भोकै जन मरौं ।।

१०९) के छैन यो पूण्य भूमि हावापानी कस्तो ।
चिसो तातो खोजे जस्तो स्वर्ग भूमि जस्तो ।।

११०) स्वच्छ ठाउँमा जन्म पायौं जोस जागर जगाउँ ।
विदेश गएका पनि स्वदेश मगाउँ ।।

१११) गाउँमा कृषिका साना उद्योग धन्दा खोलौं ।
आफ्नो ठाउँ बनाई छोड्छौ एकै साथ बोलौं ।।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ भाद्र २८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP