२०७७ मंसिर १५, सोमबार
November 30, 2020, Monday

धनगढी–बाजुरा हवाई सेवा २० वर्षपछि पुनः सुरु

बाजुरा– झण्डै २० वर्षअघि रोकिएको धनगढी–बाजुरा हवाई सेवा पुनः सुरु भएको छ। द्वन्द्वकाल सुरु भएयता रोकिएको हवाई सेवा पुनः सुरु भएको हो।

शुक्रबारदेखि साप्ताहिक उडान भर्ने गरी समिट एयरले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीदेखि बाजुराको कोल्टी विमानस्थलका लागि उडान भर्न सुरु गरेको छ। समिट एयरले शुक्रबार बाजुराको कोल्टीदेखि धनगढी र धनगढीदेखि कोल्टीका लागि उडान भरेको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले बताए।

२० वर्षअघि बाजुरा धनगढीसँग सिधा हवाई सेवामा जोडिएको र द्वन्द्वको समयमा विमानस्थलमा आक्रमण भएपछि धनगढीसँगको हवाई सम्पर्क अवरुद्ध भएको थियो। बाजुरा नेपालगंंजसँग हवाई सेवामा जोडिए पनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन। हवाई सेवामा बाजुरा धनगढीसँग जोडिएपछि स्थानीयले खुसी व्यक्त गरेका छन्।

नागरिक सेवा सरकोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारीले विगतका वर्षदेखि नै बाजुरा प्रदेश राजधानी धनगढीसँग हवाई सम्पर्कमा जोडिनु पर्ने माग नागरिकस्तरमा बढेको र अहिले सो सेवाको शुरुवात भएकोमा खुसी लागेको बताए।

बाजुरा धनगढीसँग हवाई सेवामा जोडिएकाले यहाँका नागरिकलाई प्रदेश राजधानी जान आउन सहज हुने अपेक्षा गरिएको छ। पहिले कच्ची रहेको कोल्टी विमानस्थल गत वर्ष मात्रै कालोपत्रे भएको थियो।

Related News

भारतले नेपालमा राजतन्त्र फर्काउने नाममा हिंसा भड्काउन खोज्यो : जनमोर्चा नेता योगी
भारतले नेपालमा राजतन्त्र फर्काउने नाममा हिंसा भड्काउन खोज्यो : जनमोर्चा नेता योगी
  • २०७७ भाद्र २७

राष्ट्रीय जनमोर्चाका सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष तथा डोटी सचिव केशब नाथ योगीले भारतले नेपालमा राजतन्त्रका नाममा हिंसा भड्काउन खोजेको आरोप लगाए...

बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनैपनि अध्यक्षलाई अधिकार छैन : बामदेव गौतम
बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनैपनि अध्यक्षलाई अधिकार छैन : बामदेव गौतम
  • २०७७ भाद्र २७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बामदेव गौतमले पार्टीको विधान बमोजिम बैठक बस्नुपर्ने र बैठक...

काठमाडौं पुगे चिनियाँ रक्षामन्त्री : कस्लाई कस्लाई भेट्दैछन् ?
काठमाडौं पुगे चिनियाँ रक्षामन्त्री : कस्लाई कस्लाई भेट्दैछन् ?
  • २०७७ भाद्र २७

चीनका रक्षा मन्त्री वेइ फेङहे  काठमाडौं आइपुगेका छन्।  चार्टर्ड जहाजमा आइतबार बिहान पौने ११ बजेतिर काठमाडौं आएका रक्षा मन्त्री फेङहे विमानस्थलबाट...

TOP