दिपायलमा सेती महाकाली अस्पात सञ्चालनमा
दिपायल– दिपायलमा नयाँ अस्पताल सञ्चालनमा आएको छ । डोटीको पिपल्ला बजारमा स्थापना गरिएको अस्पतालको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
शुक्रबार दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का (विजय)ले एक औपचारीक कार्यक्रमका बीच रिवन काटेर अस्पतालको उद्घाटन गरेका हुन् ।
नगर प्रमुख खड्काले अस्ताललाई सेवामुखी बनाएर विशेषज्ञसहितको सेवा उपलब्ध गराउन सुझाव दिए । उनले अस्पताल सञ्चालन भएसँगै जिल्लाका विरामीहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विस्वास व्यक्त गरे ।
विशेषज्ञ डाक्टरसहित भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्येश्यका साथ १५ शैय्याका अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालक पदम सिंह महराले बताए । पहिलेको चोपडा अस्पतालमा सेती महाकाली नामक अस्पताल स्थापना गरी शुक्रबारबाट सञ्चालनमा ल्याइएको हो । अबको केही दिनभित्रै एक जना एमडी र एक जना एमबिबिएस डाक्टरसहित सेवा सूचारु ग्रिने महराले बताए ।
अस्पताल सञ्चालक महराले वर्षौंदेखि राजपुरमा महाकाली सेती हेल्थ केयर सञ्चालन गर्दै आएका थिए ।
Related News
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...