२०८१ फाल्गुन २७, मंगलवार
March 11, 2025, Tuesday

एचपिभी खोप अभियान : डोटीका ११ हजार बढी किशोरीहरुलाई खोप लगाइने


दिपायल – डोटीका ११ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ । खोप लगाउनका लागि माघ २२ देखि २८ गतेसम्म अभियान सञ्चालन गरिने स्वाथ्य कार्यालय डोटीले जनाएको छ ।

कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका १० हजार ९ सय एक जना र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका पाँच सय ८६ जना गरी जम्मा ११ हजार चार सय ८७ जना किशोरीहरुलाई अभियानका क्रममा खोप लगाइने छ । खोप अभियान सञ्चालन गर्न तीन सय दुई खोप केन्द्रहरू तोकिएको स्वाथ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनु भयो । विद्यालयमा रहेका किशोरीहरुका लागि सम्बन्धित एक सय ९५ विद्यालयमा खोप केन्द्र तोकिएको छ भने विद्यालय बाहिर रहेका किशोरीहरुका लागि स्वास्थ्य संस्थाहरूमा एक सय सात खोप केन्द्र तोकिएको छ ।

खोप अभियानका क्रममा जिल्लामा ३०३ जना स्वाथ्यकर्मी र ६०४ जना स्वयंसेवक खटाइने छ । खोप अभियानका क्रममा प्रत्येक पालिकामा चिकित्सक सहितको एईएफआई व्यवस्थापन तथा उपचार टोलीसमेत परिचालन गरिने स्वाथ्य कार्यालयका प्रमुख मलासीले बताउनु भयो ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले आ-आफ्ना नानीहरूलाई नछुटाएर खोप लगाउन अनुरोध गर्नु भयो । नेपाल लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पाठेघरको मुखको क्यान्सर हुने महिलाहरुको संख्यामा वृद्धि हुँदै गएकोले नछुटाएर खोप लगाउन अनुरोध गर्नु भएको हो । उहाँले खोप अभियानलाई सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल समेत गर्नु भयो ।
ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको उक्त खोप किशोरीहरुलाई निःशुल्क लगाइने छ ।

नेपालमा वार्षिक दुई हजार एक सय ६९ जना नेपाली महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेर छ भने सो क्यान्सरबाट वार्षिक एक हजार तीन सय १३ जना र दैनिक चार जना महिलाको मृत्यु हुने गरेको छ । एचपिभी खोप लगाउँदा एचपिभीको सङ्क्रमणबाट हुने मुखको क्यान्सरलाई ९८ देखि १०० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

कुन पालिकामा कहिले ?

स्वाथ्य कार्यालय डोटीका अनुसार बडीकेदार गाउँपालिकामा माघ २२ देखि २७ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । २१ विद्यालय रहेको उक्त पालिकामा विद्यालयमा रहेका ७ सय ४१ जना र विद्यालय बाहिर रहेका ८ जना गरी ७ सय ४९ जना किशोरीहरुलाई खोप लगाउने छ । जसका लागि २७ वटा खोप केन्द्र तोकिएको छ ।

बोगाटान फुड्सिल गाउँपालिकामा माघ २२ देखि २५ गतेसम्म अभियान सञ्चालन गरिने छ । १२ वटा विद्यालय रहेको उक्त पालिकामा विद्यालय जाने ७ सय २९ र विद्यालय बाहिर रहेका ४८ जना गरी जम्मा ७ सय ७७ जना किशोरीहरुलाई खोप लगाउने छ । जसका लागि २६ वटा खोप केन्द्र तोकिएको छ ।

जोरायल गाउँपालिकामा माघ २२ देखि २८ गतेसम्म अभियान सञ्चालन गरिने छ । २५ वटा विद्यालय रहेको उक्त पालिकामा विद्यालय जाने एक हजार ८७ र विद्यालय बाहिर रहेका १० जना गरी जम्मा एक हजार ९७ जना किशोरीहरुलाई खोप लगाउने छ । जसका लागि ३१ वटा खोप केन्द्र तोकिएको छ ।

सायल गाउँपालिकामा माघ २२ देखि २८ गतेसम्म अभियान सञ्चालन गरिने छ । १४ वटा विद्यालय रहेको उक्त पालिकामा विद्यालय जाने ९ सय ४८ र विद्यालय बाहिर रहेका ५२ जना गरी जम्मा एक हजार जना किशोरीहरुलाई खोप लगाउने छ । जसका लागि २४ वटा खोप केन्द्र तोकिएको छ ।

केआईसिंह गाउँपालिकामा माघ २२ देखि २८ गतेसम्म अभियान सञ्चालन गरिने छ । २१ वटा विद्यालय रहेको उक्त पालिकामा विद्यालय जाने एक हजार २ सय ६८ र विद्यालय बाहिर रहेका ११ जना गरी जम्मा एक हजार २ सय ७९ जना किशोरीहरुलाई खोप लगाउने छ । जसका लागि ३१ वटा खोप केन्द्र तोकिएको छ ।

पूर्वीचौकी गाउँपालिकामा माघ २२ देखि २८ गतेसम्म अभियान सञ्चालन गरिने छ । २७ वटा विद्यालय रहेको उक्त पालिकामा विद्यालय जाने एक हजार एक सय ४७ र विद्यालय बाहिर रहेका ५७ जना गरी जम्मा एक हजार २ सय ४ जना किशोरीहरुलाई खोप लगाइने छ । जसका लागि ३५ वटा खोप केन्द्र तोकिएको छ ।

त्यस्तै आदर्श गाउँपालिकामा माघ २२ देखि २८ गतेसम्म अभियान सञ्चालन गरिने छ । २३ वटा विद्यालय रहेको उक्त पालिकामा विद्यालय जाने एक हजार ९२ र विद्यालय बाहिर रहेका २ सय ६५ जना गरी जम्मा एक हजार ६ सय ६३ जना किशोरीहरुलाई खोप लगाइने छ । जसका लागि ३८ वटा खोप केन्द्र तोकिएको छ ।

दिपायल सिलगढी नगरपालिकामा माघ २२ गते देखि २७ गतेसम्म अभियान सञ्चालन गरिने छ । २६ वटा विद्यालय रहेको उक्त पालिकामा विद्यालय जाने एक हजार ९ सय ३९ र विद्यालय बाहिर रहेका एक सय २ जना गरी जम्मा २ हजार ४१ जना किशोरीहरुलाई खोप लगाइने छ । जसका लागि ४४ वटा खोप केन्द्र तोकिएको छ ।

शिखर नगरपालिकामा पनि माघ २२ गते देखि २७ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ । २६ वटा विद्यालय रहेको उक्त पालिकामा विद्यालय जाने एक हजार ६ सय १४ र विद्यालय बाहिर रहेका ६३ जना गरी जम्मा एक हजार ६ सय ७७ जना किशोरीहरुलाई खोप लगाइने छ । जसका लागि ४६ वटा खोप केन्द्र तोकिएको छ ।

किन लगाउने एचपीभी खोप ?

पाठेघरको मुखको क्यान्सर गराउने २०० प्रजातिका भाइरसमध्ये १६ र १८ प्रमुख कारक रहेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ । नेपालमा पनि पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशत कारक यिनै दुई प्रजाति भएको पाइएको छ ।

पाठेघरको क्यान्सर गराउने भाइरस (एचपीभी) छालामा कतै न कतै रहेको हुन्छ । स्वस्थ शरीरले यसलाई दबाएर राखेको भए पनि भाइरस व्याप्त रहन्छ ।

किशोरावस्थाको प्रारम्भिकस्तरमा शारीरिक सम्पर्कअगावै खोप दिइँदा भाइरसबाट सुरक्षित हुन सक्ने विभिन्न अध्ययनको निष्कर्ष छ । सोही कारण १० देखि १४ वर्षसम्मका बालिकालाई खोप दिन लागिएको हो ।

Related News

गेटा मेडिकल कलेज विश्वविद्यालयमा स्तरोन्नति हुनेछ : प्रधानमन्त्री
गेटा मेडिकल कलेज विश्वविद्यालयमा स्तरोन्नति हुनेछ : प्रधानमन्त्री
  • २०८१ माघ १६

कञ्चनपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै...

TOP