बेङ्गलुरु- भारतको बेङ्गलुरुमा एक नेपाली अचेत अवस्थामा फेला परेका छन् । शिखर नगरपालिका –३ आली घर भइ परिवारसहित भारतको बेङ्गलुरुमा बस्दै आएका अन्दाजी २९ वर्षीय तिलक जोरा घाइते अवस्थामा फेला परेका हुन् ।
असोज २५ गते राती साढे ८ बजे डेराबाट बजार निस्किएका जोरा २७ गतेसम्म नभेटिए पछि आफन्तले खोजीका लागि प्रहरीमा अनुरोध गरेका थिए । घाइते अवस्थामा भेटिएका उनलाई भारतीय प्रहरीले उद्धार गरेर अस्पताल भर्ना गरेको जानकारी गराएको थियो ।
बेङ्गलुरुको सर्जापूर मेनरोडमा रहेको मनिपाल हस्पिटलको भेन्टिलेटरमा अचेत अवस्थामा फेला पारेको उनकी पत्नी राधा जोराले बताइन् । अस्पतालले पाँच लाख रुपैंया जम्मा गरेपछि मात्रै उपचार अघि बढाउने बताउँदै आएको छ ।
गम्भीर घाइते जोराका नावालक एक छोरा, एक छोरी र श्रीमती रोजगारीका लागि बेङ्गलुरुमा बस्दै आएका थिए । काम गर्ने श्रीमान अस्पतालमा घाइते अवस्थामा भेटिएपछि उनका बालबालिका र श्रीमती बिचल्लीमा परेका छन् । “प्रहरीले बेङ्गलुरुको सबैभन्दा ठुलो हस्पिटलमा लगेर भर्ना गरिदिएको छ,“उनकी श्रीमती राधाले भनिन्,“ उपचारका लागि पैसा छैन । जागिर नपाएको धेरै भएको थियो । निकै ठुलो समस्यामा परेकी छु । कहाँबाट कसरी सहयोग मिल्ले हो ? परदेशमा निकै संकट परेको छ । श्रीमानको स्वास्थ्य अवस्था के कस्तो छ त्यो पनि जानकारी पाउन सकेको छैन ।”
घटना कसरी भएको हो भन्ने बारे खुलेको छैन । उनकी श्रीमतीले पीडाको घडीमा सहयोग गरिदिन अनुरोध गरेकी छिन् ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...