२०८१ माघ ३, बिहीबार
January 16, 2025, Thursday

मुख्यमन्त्री सोडारीले भने ‘स्थिर सरकार ३० दिनको मात्रै रहेछ’

धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले केन्द्रीय राजनीतिमा आएको गठबन्धन फेरबदलले प्रदेशको सत्ता फेरिएको बताएका छन्।

विश्वासको मत लिने कार्यसूचीको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले प्रदेश सरकार फेरबदल आफूहरुका कारण नभएको बताए।

‘दुई ठूला दलको सहमतिले केन्द्रमा सत्ता परिवर्तन हुँदा प्रदेश यो जरजरमा आएको हो, यो मेरा कारण होइन,’ उनले भने, ‘हिजो पनि नेकपाको दुई तिहाइको सरकार थियो। त्यहाँ कहाँ पुग्यो। अहिलेको पनि भोलि कहाँ पुग्छ?’

सत्ता गठबन्धन फेरिएपछि बजेट ल्याउने एमालेका मन्त्री सुरेन्द्र बहादुर पाल प्रतिपक्षमा पुगेको उनले बताए।

‘बजेट अलपत्र छोडेर माथिको गठबन्धनले बजेट ल्याउने प्रतिपक्षमा पुग्नुभयो। कार्यकारीले सिफारिस गरेको अधिवेशन अन्त्यको घोषणा ५ दिनपछि भयो। सँगै विशेष अधिवेशनको पत्र पनि आयो,’ उनले भने,‘अध्यादेशबाट ल्याउन खोज्दा पनि भएन।’

असार तेस्रो साता आएको बाढी पहिरो पीडितलाई राहत दिन निर्णय गरिसकेको र पीडितको पक्षमा काम गरेको उनको दाबी छ। नेपालमा स्थिर सरकार ३० दिन मात्रै रहेको उनले बताए।

‘संविधानतः नेपालमा स्थिर सरकारको आयु ३० दिन मात्रै हो। सबैले मार्ग प्रशस्त गर्न सुझाव दिनुभयो। विश्वासको मतका लागि आएको थिएँ। नपाइने जस्तो देखियो,’ उनले भने, ‘त्यसैले मार्ग प्रशस्त गर्छुँ।’

 

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०८१ श्रावण १८

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP