धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । विशेष अधिवेशनको चौथो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले आफनो पक्षमा कम मत भएकोले राजीनामा दिइ मार्गप्रस्त गरेका हुन् ।
‘शुरुमा त मेरो पक्षमा मत छ भनेर यहाँ विश्वासको मत लिन आएको थिए’ उनले भने –‘तर, अहिले मेरो पक्षमा मत नदेखिएकोले साथीहरुले भनेको जस्तै मार्ग प्रस्त गर्दछु ।’
मुख्यमन्त्री सोडारीले आफुलाई मुख्यमन्त्री बनाउनमा सहयोग गरेकोमा केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), माधव कुमार नेपाल र रञ्जिता श्रेष्ठलाई धन्यवाद दिए ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...