२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

तीन प्रदेश प्रमुखको शपथ आज

काठमाडौं– नवनियुक्त तीन प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । शपथ साँझ ५ बजे राष्ट्रपति निवास शीतलनिवासमा हुने तय गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

 

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८१ श्रावण १७

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP