२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

मुख्यमन्त्री सोडारिले गरे कृषि मन्त्री थपालाइ बर्खास्त

कैलाली– सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् । आजको प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो । यस अघिको बैठकमा पनि उनी सहभागी भएकी थिइन् । आजको बैठकमा पनि मुख्यमन्त्री सोडारीले उनलाई सहभागी नहुन भनेका थिए ।

सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडि नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहको थियो तर आफूले जनताको आवाज उठान संसद् आएको उनले बताइन् । संसद्मा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको उनले बताइन् ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८१ श्रावण १३

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP