२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

अरुण चौधरीलाई राज्यमन्त्री बनाउन अध्यक्ष रन्जिताको सिफारिस

धनगढी– एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ । अध्यक्ष रन्जिता श्रेष्ठले सांसद अरुण चौधरीलाई ओली नेतृत्वको सरकारको राज्यमन्त्रीमा सिफारिस गरेकी छन् ।

अहिलेसम्म प्रधानमन्त्री ओलीले साना दलहरूलाई कति स्थान दिने भन्ने विषय भने टुङ्गो लागेको छैन । प्रतिनिधि सभामा चार सिट रहेको नाउपाले मन्त्री पाउने सम्भावना क्षीण रहेपछि अध्यक्ष रन्जिताले अरुणलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् ।

अरुण मन्त्रीका आकाङ्क्षी हुन् । केही समय अघिसम्म रन्जिता निकट रहेका अरुण अहिले रेशम निकट भएका छन् । उनले क्याम्प फेरेपछि संसदीय दलको नेतामा पनि रेशम निकटका गङ्गा चौधरी चुनिए । अहिले रन्जिताले नै उनलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् ।

 

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८१ श्रावण १२

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP