धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले मन्त्रीमण्डल हेरफेर गरेका छन् । प्रदेशमा अल्पमतमा रहेका मुख्यमन्त्री सोडारीले बिहिबार चौथो पटक मन्त्रीमण्डल हेरफेर गरेका हुन् ।
बैशाख ६ गते मुख्यमन्त्रीमा नियूक्त भएका सोडारीले वैशाख १८ गते, जेठ २८ गते, असार १६ गते र साउन १० गते (आज) प्रदेश सरकारको मौजुदा मन्त्रीपरिषका अनुसार कार्यविभाजन र जिम्मेवारी हेरफेर गरेको जनाइएको छ ।
नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएसंगै रिक्त रहेको ती मन्त्रालयमा एकीकृत समाजवादी र नेकपा माओवादीका प्रदेश सभा सदस्यलाई जिम्मेवारी दिइएको छ ।
अक्कलबहादुर रावललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रकी प्रदेश सभा सदस्य लक्ष्मी विकलाई दिइएको छ ।
प्रदेशको भौतिक पूर्वाधार मन्त्री कैलाश चौधरी, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापा, सामाजिक विकास मन्त्री ओमविक्रम भाट र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया पन्त छिन् ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...