२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

जहाज दुर्घटना: पाइलट जीवित, १८ जनाको शव निकालियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ।

सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले  जानकारी दिए। चालक शाक्य बोल्न सक्ने अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनापछि खटिएका उद्धारटोलीले अहिलेसम्म १८ जनाको शव निकालेका हुन्।

१९ जना प्राविधिक सहित दुई जना चालकदलका सदस्य लिए पोखराका लागि उडेको जहाज विमानस्थलको पूर्वपट्टी दुर्घटना ग्रस्त बनेको हो।

विमानस्थल स्रोतका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ।

बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो।

जहाजबाट धुवाँ आएको देखिएपछि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

विस्तृतमा आउँदै…

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८१ श्रावण ९

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP