२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

दुर्घटनामा परेको सौर्य एयरलाइन्स (तस्बिरहरू)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ।

 

सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

दुर्घटनापछि खटिएका उद्धारटोलीले अहिलेसम्म १८ जनाको शव निकालेका हुन्।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले  जानकारी दिए। चालक शाक्य बोल्न सक्ने अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ।

१९ जना प्राविधिक सहित दुई जना चालकदलका सदस्य लिए पोखराका लागि उडेको जहाज विमानस्थलको पूर्वपट्टी दुर्घटना ग्रस्त बनेको हो।

विमानस्थल स्रोतका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ श्रावण ९

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP