कञ्चनपुर– बाढीपीडित दुई सातादेखि घर फर्कन पाएका छैनन् । उनीहरू नजिकको विद्यालयमा आश्रय लिइरहेका छन्, केही आफन्तको शरणमा पुगेका छन् । बाढीपीडित रामसरा सुनार भन्छिन्, ‘अहिले पनि घरमा बस्ने अवस्था छैन, जाने ठाउँ पनि कहीँ छैन । विद्यालयमा दुःख–सुख बसेका छौँ । बुढाबुढी, केटाकेटी र सुत्केरी आमालाई गाह्रो भएको छ । पालिकाले अलिअलि राहत त पठाएको छ, तर हामीलाई चाँडै घर जाने वातावरण बनाइदिए हुन्थ्यो ।’
दोधाराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले पटराखल्लाका बाढीपीडितको अल्प तथा दीर्घकालीन बसोवासका लागि कार्यपालिका बैठकबाट निर्णय गरिने बताए । ‘अहिले पटराखल्लाका बाढीपीडित विद्यालयमै बसेका छन्,’ उनले भने, ‘सो बस्ती पनि बाढीको उच्च संकटमा परेको छ, अब यसको दीर्घकालीन योजना अघि बढाउने पालिकाको तयारी छ ।’
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...