२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

मनसुनयता विपद्‌मा परी देशभर १३३ जनाको मृत्यु, सुदूरपश्चिममा १० को मृत्यु १४ जना घाइते

दिपायल– मनसुनी वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्‌मा परेर गत जेठ २८ गतेयता १३३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन्।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा ६, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताए।

उनका अनुसार काठमाडौँ उपत्यकामा ९, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी एक सय ४५ जना घाइते भएका छन्।

काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ६७ जनाको उद्धार गरिएको छ। बाढीपहिरोमा परी सात जना बेपत्ता रहेको जनाइएको छ। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार १८ परिवार विस्थापित भएका छन्।

 

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ श्रावण ९

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP