२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

सुदूरपश्चिम प्रदेश विशेष अधिवेशन शुरु, अर्को बैठक अनिश्चित

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि शुरु भएको छ । सभामुख भिमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाले पठाएको पत्र पढेर अधिवेशन शुरु भएको जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले बैठक आह्वान गरेका थिए ।

सभामुख भण्डारीले पत्र पढेर जानकारी गराएपछि बैठक अनिश्चित बनेको छ । सभामुख भण्डारीले भने –‘अर्को बैठक आह्वान नभएसम्मका लागि बैठक स्थगित भएको छ ।’

फेरिएको राजनीतिक समीकरण अनुसार सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा छ ।

Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०८१ श्रावण ८

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP