दिपायल– सुदूरपश्चिममा तीन दिनसम्म बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ ।
वर्षाका कारण महाकाली र कर्णाली नदीमा पानीको सतह बढिरहेकोले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी दुई नदी र सहायक नदीहरूमा अझै तीन दिनसम्म पानीको सहत बढ्ने भएकोले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको महाशाखाले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम भएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचित गरेको छ ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...