दिपायल– कैलालीको धनगढीमा लागु औषधसहित चार जना पक्राउ परेका छन् ।
कैलाली प्रहरीले चेकजाँचका क्रममा धनगढीका विभिन्न स्थानमा लागु औषधसहित चार जना पक्राउ गरेको हो ।
प्रहरीले धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने २२ वर्षीय अर्जुन पार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित आइतबार पक्राउ गरेको हो ।
यसैगरी, कैलाली, धनगढी उपमहानगरपालिका–१० घुइयाघाट जयगुरू गणेश इँटाभट्टा नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१० घुइयाघाट बस्ने ३० वर्षीय नाटुल भन्ने राम मिलन राना, ३४ वर्षीय राजेश राना र सोही नगरपालिका–३ घर भएका २४ वर्षीय सन्नी चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...