२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

कैलालीको गोदावरी नगरपालिका १० को कार्यालयमा तालाबन्दी

धनगढी– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

विद्यालय मर्जको विषयमा सर्वोच्चको आदेश पालनाको माग गर्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

गोदावरी नगरपालिकाकाले २०८० फागुन ३० गते र नगर शिक्षा समितिले २०८१ जेठ ३२ गते वडा नम्बर १० को शंकर आधारभूत विद्यालयलाई घण्टेश्वर आधारभूत विद्यालयमा समायोजन गर्ने निर्णय गरिएको थियो। विद्यालय मर्ज रोक्न माग गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामदत्त भण्डारीले असार २८ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए।

 

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ श्रावण ७

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP