२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

डडेल्धुरामा महाकाली नदीले गर्‍यो सर्तकता तह पार

दीपायल– डडेलधुरामा महाकाली नदी सोमबार सतर्कता तह पार भएको छ । डडेलधुरास्थित महाकाली नदी पारिगाउँ जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

नदीमा बहाव बढ्दो क्रममा छ । आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

‘साउन ०७, बिहान ११ः३० बजेदेखि डडेलधुरास्थित महाकाली नदी पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने भूभागमा रहनुहुनेहरूले साँझ ५ बजेसम्म उच्च सतर्कता अपनाऔँ,’ विभागको सूचनामा उल्लेख छ ।

 

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ श्रावण ७

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP