२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

नाउपाले भन्यो– संविधान संशोधनमा हाम्रो मुद्दा सम्बोधन हुनेमा आशावादी छौं, सरकारप्रति विश्वास छ

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता गंगाराम चौधरी थारुले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वासको मत दिने बताएका छ्न । अ‍ोलीले राखेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै नेता चौधरीले सत्ता गठबन्धनले संविधान संशोधनको कुरा उठाएको हुँदा नयाँ सरकारलाई साथ दिेन बताए ।

उनेल सत्ता गठबन्धले आफूहरुले उठाएको मुद्दा सम्बोधन गर्नेमा आफूहरु आशावादी रहेको बताए । उनले भने, ‘यो गठबन्धनप्रति धेरै आसा छ । संविधान संशोधन हुनुपर्छ भन्ने कुरामा सहमत छ । यो गठबन्धन सरकारसँग आशावादी छौँ । सत्ता पक्षमा बस्नुको कारण छ । किसान दलित र सीमान्तकृत समुदायको हक हित हुन्छ भनेर हामी सरकारमा बसेको हो । संविधान संशोधनमा हाम्रो मुद्दा समावेश होस ।’

 

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८१ श्रावण ६

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP