२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

डोटीमा ट्याक्टर दुर्घटना दुुई जना घाइते

दिपायल-  डोटीमा ट्याक्टर दुर्घटना हुँदा दुुई जना घाइते भएका छन् । जिल्लाको केआईसिंह गाउँपालिका– ३ बासुदेबीमा ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने एक जना सामान्य घाइते छन् । घाइतेहरुको उद्धार गरेर उपचारका लागि दिपायल पठाइएको स्थानीय कबिन्द्र बडैलाले बताए ।

सुु.प.प्र. ०१००२ त ५७९४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक डडेल्धुराका २४ वर्षीय दशरथ कठायत गम्भीर घाइते भएका हुन् ।  रोल्पाका १६ वर्षका रेख बहादुर पुन मगर सामान्य घाइते भएका छन् ।

 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ श्रावण ३

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP