डडेलधुरा– डडेलधुरामा महाकाली नदीको जलसतह बिहीबार सतर्कता तह पार भएको छ । महाकाली नदी पारिगाउँ केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।
‘साउन ०३, दिउँसो १२ बजेदेखि अहिलेसम्म डडेलधुरास्थित महाकाली नदी पारिगाउँ केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने भूभागमा रहनुहुनेहरूले साँझसम्म उच्च सतर्कता अपनाऔँ,’ विभागको सूचनामा उल्लेख छ ।
सो नदीको जलसतह ३ बजे छ दशमलब ८७ मिटर पुगेको छ । सो नदीको खतरातह सात मिटर रहेको छ ।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...