२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

आज डोटीसहित यी १३ जिल्लामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

दिपायल– आज (बिहीबार) देशका १३ जिल्ला र ती आसपासका क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कास्की, डोल्पा, जाजरकोट, रुकुम–पश्चिम, बाजुरा, अछाम, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम रहनेकाले उच्च सावधानी आवश्यक छ।

यसैगरी आज संखुवासभा, कैलाली र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा पनि बहाव उल्लेख्य बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ श्रावण ३

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP