काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन । आफ्नो नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएकै दिन साउन ६ गते आइतबार ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन लग्ने भएका हुन् ।
नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले भोलिपल्ट शपथ ग्रहण गरेका थिए । संविधानको धारा ७६ (२) बमोजिमको उक्त नियुक्ति उल्ट्याउन माग गर्दै सोही दिन सर्वोच्चमा रिट परेको थियो । ओलीको नियुक्ति संविधानविपरीत भएको जिकिरसहित ७६ (३) अनुसार अर्को सरकार गठन हुनुपर्ने रिटमा माग गरिएको छ ।
७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर,ओलीले भने एक हप्तामै विश्वासको मत लिने तयारी गरेको एमालेका एकजना पदाधिकारीले बताए ।
सर्वोच्च अदालतमा रिट परेको र यसबीच राष्ट्रिय तथा अन्तराष्ट्रिय चेलखेल हुनसक्ने सम्भावनासमेतलाई हेरेर प्रधानमन्त्री ओली छिट्टै विश्वासको मत लिने निचोडमा पुगेको अनुमान गरिएको छ । ‘रात रहे अग्राख पलाउँछ’ भनेझैँ एक महिनासम्म कुर्दा अर्कै खेलोफड्को हुनसक्ने भएकाले एक महिना नकुर्ने निर्णय प्रधानमन्त्रीले गरेको हुनसक्ने ती पदाधिकारीले अनुमान गरे ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...