२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

अछाममा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको सडकमै मृत्यु

अछाम– अछाममा हिँडिरहेका बेला भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका–३ की ३६ वर्षीया बसन्ती बोगटीको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

आज दिउँसो मंगलसेन–३ गाध्यभीर स्थित मंगलसेन–सुवाखांद बस्ति सडक खण्डमा जंगलबाट बाख्रा चराई घरतर्फ ल्याउने क्रममा सडक माथिको भिरबाट खसेको ढुंगा टाउकोमा लागि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

 

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ श्रावण १

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP