२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

सुनको मूल्यले आज पनि बनायो रेकर्ड, एक तोलाकै १.५० लाख नजिक

काठमाण्डौ– घरेलु बजारमा आज सुनको हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन छापावाला सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाल सुनको मूल्य १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ श्रावण १

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP