२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

गोदावरीमा पुलबाट हाम फालेका एक पुरुषको मृत्यु

अत्तरिया– कैलालीको गोदावरीमा पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सोमबार राती साढे ११ बजे गोदावरी नगरपालिका – ८ स्याउले स्थित खुटिया नदीको पुलबाट हाम फाल्दा स्थानीय ५५ वर्षीय जोक्कर बहादुर गुरुङको मृत्यु भएको हो ।

पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरुङको सेती सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई डाक्टरले राती साढे १२ बजे मृत घोषणा गरेका थिए ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ श्रावण १

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP