दिपायल- डोटीमा डेङ्गीका बिरामी बढ्दै गएपछि “खोज र नष्ट गर” अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरुले अभियान सञ्चालन गरेका हुन् ।
जिल्लामा डेङ्गीका बिरामीहरुको संख्या बढ्दै गएका कारण त्यसको नियन्त्रणका लागि जोखिमयुुक्त ठाउँहरुमा “खोज र नष्ट गर” अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुुख रमेश मलासीले बताए । “लामखुुट्टेले पानी जमेको ठाउँहरुमा लार्भा पार्ने गर्दछ, जसकारण “लामखुुट्टेको संख्यामा वृद्धि हुन्छ र जोखिम बढ्छ,“उनले भने,“त्यस्ता ठाउँहरुको पहिचान गरि पानि जमेका ठाउँहरुमा सरसफाइ गर्दा रोगको जोखिम घट्छ ।”
लामखुट्टेको बासस्थान रहन सक्ने गाडीको पुरानो टायर, ड्रम, गमला, खाल्डाखुल्डी, नालीमा लामो समयदेखि जमेको पानीको सरसफाइ गर्नाले रोगको जोखिम न्यूनिकरण हुने मलासीले बताए । “साउन देखि कार्तिक सम्म लामखुट्टेले पानी जमेको ठाउँमा लार्भा छोड्ने गर्दछ,“त्यो भन्दा अगाडी पानी जम्न नदिने र जमेको पानी घोप्ट्याउने, लार्भा खोज्ने र नष्ट गर्ने गरि जिल्ला भरी नै अभियान सञ्चालन गरिएको हो, उनले भने ।
जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण सिंहले आफ्नो घर, पसल, सार्वजनिक स्थान र छरछिमेकमा पनि लार्भा “खोज र नष्ट” गर अभियान सञ्चालन गर्न आम नागरिकहरुलाई अनुुरोध गरे । “केही वर्ष अघिसम्म तराइका जिल्लाहरुमा मात्रै डेङ्गीका बिरामीहरु देखा पर्थे तर, पछिल्लो केही वर्ष यता पहाडी जिल्लामा पनि डेङ्गीका बिरामी बढ्दै गएका छन्,“उनले भने,“रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनुु उपयुुक्त हुुन्छ । तसर्थ, आम नागरिक सचेत हुुन जरुरी छ । आफ्नो घर, छरछिमेक, सार्वजनिक स्थल र पसलहरुमा सरसफाइ गर्ने, पानी जम्न नदिने र जमेको पानी घोप्ट्याउने गर्नुु पर्दछ । लार्भा “खोज र नष्ट” गर अभियान घर देखि टोलटोलमा सञ्चालन गर्न आवश्यक छ ।”
स्वास्थ्य कार्यालय डोटीको अगुुवाइमा सोमबार जिल्लाको मुुख्य बजार दिपायलमा रहेका ग्यारेजहरुबाट अभियानको थालनी गरिएको होे । अभियानमा नगर प्रमुख, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीय बासीको सहभागिता रहेको थियो । जिल्ला स्थित ९ वटै पालिका र त्यस अन्तरगतका स्वास्थ्य संस्था तथा वडाहरुमा पनि यो अभियान सञ्चालन गर्न परिपत्र गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा यस वर्ष ८१ जना डेङ्गीका बिरामी फेला परेका छन् । सबै भन्दा बढी दिपायल सिलगढी नगरपालिकामा ७० जनामा डेङ्गी संक्रमण देखिएको छ ।
बोगटान फुुड्सिल गाउँपालिकाका ५ जना, जोरायल गाउँपालिकाका ३ जना, शिखर नगरपालिकाका २ जना र केआइसिंह गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो ।
दिपायल सिलगढी नगरपालिकामा जिल्ला अस्पताल रहेकाले डेङ्गी संक्रमण उच्च देखिएको हो । गत वर्ष भने जिल्लामा २२ जनामा मात्रै डेङ्गी संक्रमण देखिएको थियो ।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...