२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

बाढी र पहिरोमा परेर एक महिनामा १०८ जनाले गुमाए ज्यान, सबैभन्दा धेरै गण्डकीका

काठमाडौं– बाढी र पहिरोमा परेर एक महिनामा देशभर १०८ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गएको जेठ २८ गतेदेखि असार ३० गतेसम्म १०८ जनाको ज्यान गएको हो । जसमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशका छन् ।

प्रहरीको तथ्यांक अनुसार गण्डकीमा ३८ जना, कोसीमा १९ जना, मधेसमा पाँचजना, वाग्मतीमा ९ जना, लुम्बिनीमा २३ जना, कर्णालीमा चारजना सुदूरपश्चिमा आठ र काठमाडौं उपत्यकामा दुई जनाले ज्यान गुमाएका हुन् ।

यस अवधिमा बाढी र पहिरोमा परेर ११९ जना घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा आठजना, कोसीमा ३१ जना, मधेस ९ जना, वाग्मतीमा सातजना, गण्डकीमा २८ जना, लुम्बिनीमा ९ जना, कर्णालीमा १६ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना घाइते भएका छन् ।

त्रिशूलीमा बेपत्ता दुई बसमा सवार यात्रुको विवरण यस तथ्यांकमा समावेश गरिएको छैन ।

 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ असार ३०

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP