२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

पूर्वी नवलपरासीमा थप दुई जनाको शव फेला

काठमाडौं– पूर्वी नवलपरासीको त्रिवेणीस्थित भारततर्फको बाल्मिकी नहरमा २ वटा पुरुषको शव फेला परेको छ। आइतबार अपरान्ह ५ः४० बजे २ पुरुषको शव फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टबाट खटिएको टोलीले शव फेला पारेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उक्त शवको पहिचान खुलिसकेको छैन। गत शनिबार बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल पहिरोमा बेपत्ता दुई बस अहिलेसम्म भेटिएका छैनन्।

बेपत्ता बसको खोजी भइरहेको छ। खोजीकै क्रममा नारायणी नदी किनारमा शवहरू फेला पर्न थालेका छन्।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ असार ३०

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP