२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी आज पनि जारी

चितवन– चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेका दुई वटा बस र त्यसका यात्रुको खोजी कार्य आज पनि जारी छ ।

आज पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितका सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको छ । नारायणी नदीमा हिजो तीन जनाको शव फेला परेको थियो । तीमध्ये दुई जना सोही बसका यात्रु रहेको पुष्टि भएको छ ।

हिजो बिहान भरतपुर–२८ गोलाघाटस्थित नारायणी नदीमा एउटा शव फेला परेको हो भने नवलपुरको गैंडाकोट–७ स्थित नारायणी नदीमा दुई जना पुरुषको शव फेला परेको हो । अन्यको यात्रुको खोजी जारी छ ।

 

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ असार ३०

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP