२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

गोली लागेर घाइते भएपछि ट्रम्पले लेखे- ‘गड ब्लेस अमेरिका’

एजेन्सी– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई गोली लाग्नासाथ सक्रिय भएकोमा अमेरिकी गुप्तचर तथा सुरक्षा निकायलाई धन्यवाद दिएका छन्।

पेन्सलभेनिया राज्यमा आयोजित कार्यक्रममा स्टेजमा बोल्ने क्रममा ट्रम्पलाई अचानक गोली प्रहार भएको हो।

उनले गोली आफ्नो दाहिने कानको माथि लागेको र धेरै रगत बगेको उल्लेख गरेका छन्।

गोलीकाण्डपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई एक गोली लाग्यो, जुन मेरो दाहिने कानको माथिल्ला भागमा लाग्यो। मलाई तुरुन्त थाहा भयो कि केही गडबड भइरहेको छ, किनकि मैले गोलीको आवाज सुनेँ, अनि गोलीले छाला छेडेको महसुस भयो। धेरै रगत बग्यो …।’

उनले आफ्नो र्‍यालीमा गोली लागेर मारिएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

अन्त्यमा उनले लेखेका छन्, ‘गड ब्लेस अमेरिका।’

 

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ असार ३०

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP