२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

सरकार गठनका लागि तोकिएको समयसीमा सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।

सो आह्वानअनुसार ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् ।

नयाँ प्रधानमन्त्रीको शपथ भने सोमबार बिहान ११ बजे हुने जनाइएको छ ।

 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ असार ३०

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP