२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

जाँदाजाँदै आफैले विभाजन गरेका मन्त्रालय घटाउने तयारीमा मुुख्यमन्त्री सोडारी

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ ।  असार १६ गते मन्त्रालय विभाजन गरेको प्रदेश सरकारले सरकारबाट बाहिरिनु अघि मन्त्रालयको संख्या घटाउने तयारी गरेको हो ।

नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्तिले मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतममा परेका कारण राजीनामा दिएर सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन् । एमालेले असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री सोडारीले जाँदाजाँदै मन्त्रालयको संख्या घटाउने तयारी गरेका हुन् । उनी नेतृत्वको सरकारले भागबन्डा मिलाउन असार १६ गते ७ मन्त्रालय विभाजन गरेर १० मन्त्रालय बनाएको थियो । उनले जेठ २८ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउँदै १० सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।

मुख्यमन्त्री सोडारी पछिल्लो समय मन्त्रालयको संख्या घटाएर साबिकै सातमा झार्ने मनस्थितिमा छन् । उनले आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकमा मन्त्रालयको संख्या घटाउने विषयमा निर्णय गर्न सकिने बताए । ‘मन्त्रालयको संख्या घटाउने विषयमा आइतबार बस्ने मन्त्रिपरिषद्को बैठमा छलफल हुन्छ’, उनले भने, ‘यो विषयमा धेरैतिरबाट सुझाव पनि आएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ मा सुदूरपश्चिममा मन्त्रालयको संख्या सात हुने उल्लेख छ । नियमावलीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास, आर्थिक मामिला, भूमि व्यवस्था, कृषि तथा सरकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने व्यवस्था गरिएको छ ।

तर, सोडारी नेतृत्वको सरकारले ४ वटा मन्त्रालय विभाजन गरेर १० वटा मन्त्रालय बनाएको थियो ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८१ असार २९

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP