कैलाली- प्रमुख तीन दलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई राजीनामा दिएर सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
धनगढीमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्तिले मुख्यमन्त्री सोडारीलाई तत्काल पदबाट राजीनामा दिनु पर्ने धारण सार्वजनिक गरेका हुन् । नेपाली काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले अल्पमतमा परेका मुख्यमन्त्रीले राजीनामा दिनु पर्नेमा जोड दिए । मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेकाले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न उनले आग्रह गरे ।
नेकपा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्माले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरू नयाँ गठबन्धनको पक्षमा रहेको बताए ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका थिए । प्रदेश सरकारलाई गरेको समर्थन एमालेले साता अघि फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् ।
सुदूरपश्चिम प्रदेशमा काँग्रेस १८ र एमाले ११, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ प्रदेश सभा सदस्य छन् । ५३ सदस्यीय प्रदेश सभा रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि कम्तीमा २७ जना आवश्यक पर्छ ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...