२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

अनलाइन जुवामार्फत ५ करोडको अवैध कारोबार, पाँचजना पक्राउ

काठमाडौं– ‘क्यास एप’ नामक अनलाइन अप्लिकेसन प्रयोग गरी अवैध रुपमा आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ घर भइ हाल काठमाडौंको रवि भवन बस्ने वर्ष २२को गौरभ भट्टराई, सोही स्थानका २३ वर्षीय सुजन दाहाल, ओखलढुङगाको चम्पादेवी गाउँपालिका–६ घर भएका २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरीको धरान उपमहानगरपालिका–१५का २४ वर्षीय आशुतोष कोईराला र मोरङ उर्लाबारी–७ का २४ वर्षीय मिलन मिश्र रहेका छन्।

हाल अमेरिका बस्ने मनिष कुमार बुढाथोकीले गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली, आशुतोष कोईराला, मिलन मिश्रलाई क्यास एप सर्भरको एक्सिज दिइ दिई ६ ओटा इसेवा वालेट, ५ ओटा कनेक्ट आईपीएस एकाउन्ट र सोही एकाउन्टहरुमा लिंकअप भएका १९ ओटा विभिन्न बैंकका खाताहरू समेतमा अवैध तरिकाले क्यास एपमार्फत ५ करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेकारूसँग बिभिन्न आईफोन ब्राण्डका मोबाइल थान–५ रविभिन्न कम्पनीका ल्यापटप थान–३ समेत बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसूरमा र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ असार २८

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP