२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

एक सय चार जना सैनिक दीक्षित (फोटो फिचर)

दिपायल- सैन्य आधार तालिम लिएका एक सय चार जना सैनिक दीक्षित भएका छन् । श्री नं. ५ बाहिनी अड्डा राजपुरमा संचालन भएको सि.सं. १५ सैन्य आधार तालिमको दिक्षान्त समारोहबाट उहाँहरु दीक्षित भएका हन् ।

अन्तिम दलेल कवाज (दीक्षान्त समारोह) बाट दीक्षित भएका सैनिकहरु आजैबाट कार्यक्षेत्रमा प्रवेश गरेका छन् । दीक्षित भएका सैनिक जवानहरुलाई सम्बोधन गर्दै श्री नं. ५ बाहिनी अड्डा राजपुरका बाहिनीपति सहायक रथी पुरन घलेले दीक्षित भएका सेनालाई बधाइ तथा शुभकामना व्यक्त गरे ।

“नेपाली सेना गौरवमय इतिहास बोकेको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्वच्छ छवि भएको संगठन हो,उनले भने,“सेनाको इतिहास र छविलाई उच्च राख्न सैनिक कर्मठ, इमान्दार र अनुशासित हुन जरुरी छ । देशलाई आवश्यक परे आहुति दिन तयार छौं भन्ने प्रणका साथ नेपाली सेनाको गरिमामय संगठनमा प्रवेश गरेकोमा हार्दिक बधाइ ज्ञापन गदर्छु । राष्ट्र, जनता र संस्थाप्रति समर्पित भएर कर्मठ, इमान्दार र अनुशासित सेनाकारुपमा कार्यगर्न निर्देशित गर्दुछुु ।”

बाहिनीपति घलेले माटोले माग्दैन, आफैले दिनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै मुलुक र राष्ट्रको सेवामा लाग्न आग्रह गरे । राष्ट्रको मेरुदण्ड भनेको सेना हो भने सेनाको मेरुदण्ड तालिम भएको स्पष्ट पार्दै उनले सेना बलियो भएमा मात्र देश बलियो हुने बताए ।

उनले नेपाली सेनाले सीमित स्रोत, साधनको उपयोगगरी वैज्ञानिक, वस्तुगत र लक्ष्य प्राप्तिलाई टेवा दिने किसिमको तालिम सञ्चालन गर्दैआएको जानकारी दिए । राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, भौगौलिक अखण्डता र राष्ट्रिय एकताका लागि प्रतिबद्ध नेपाली सेनाको दायित्व रहेको समेत उनले स्पष्ट पारे ।

दीक्षित जवानहरुलाई दीक्षान्त समारोहकैबीच सपथ गराइएको थियो । तालिममा विभिन्न विधामा उत्कृष्ट हुने जवानहरुलाई पुरस्कार प्रदान गरिएको थियो । समारोहकै बीच दीक्षित हुुने सैनिकका परीवारले समेत बधाइ, शुुभकामना ज्ञापन गरेका थिए ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ असार २६

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP