२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

कैलालीमा अचेत अवस्थामा भेटिएका दुई पुरुषको मृत्यु

धनगढी– कैलालीको लम्की चुहा नगरपालिकामा अचेत अवस्थामा भेटिएका २ पुरुषको मृत्यु भएको छ। छुट्टाछुट्टै स्थानमा अचेत फेला परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

लम्की चुहा नगरपालिका ५ का अन्दाजी ५१ वर्षीय सागर विकको मृत्यु भएको हो भने अर्का एक जनाको परिचय खुलेको छैन ।

विक मंगलबार दिउँसो बाटोमा अचेत अवस्थामा फेला परेकोमा उपचारको लागि स्थानीय अस्पताल भल्कामा लग्दा चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकेन्द्रसिंह कार्कीले बताए ।

अर्का परिचय नखुलेका करिब ५५ वर्षीय पुरुष लम्की चुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहर माथि अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको हो।

दुवै पुरुषको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर कार्कीले बताए ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ असार २६

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP