२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

मुख्यमन्त्री सोडारीलाई मार्गप्रस्त गर्न नेकपा एमाले र काँग्रेसको अनुरोध

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीलाई वर्तमान गठबन्धन दलले मार्गप्रस्त गर्न आग्रह गरेको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री सोडारीले पदबाट राजिनामा दिइ अर्को सरकार गठनका लागि मार्ग प्रसस्त गर्नु पर्ने माग अघि सारेका हुन् ।

नेकपा एमाले संसदिय दलका नेता राजेन्द्र रावल र नेपाली काँग्रेस संसदिय दलका नेता कमलबहादुर शाहद्धारा हष्ताक्षरित संयूक्त विज्ञप्तीमार्फत मुख्यमन्त्री सोडारीले बहुमत गुमाइसकेकाले अर्को सरकार गठनमा सहयोग गर्न आग्रह गरिएको छ ।

‘मुख्यमन्त्री पदबाट राजिनामा दिइ अर्को सरकार गठनका लागि मार्ग प्रसस्त गर्न यसै प्रेस विज्ञप्ती मार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ‘साथै बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरू सम्पादन नगर्न र नगराउन समेत आग्रह गर्दछौं ।’

राष्ट्रिय सहमतिको सरकार गठन गर्दै अस्थिरताको अन्त्य, स्थायित्व, समृद्धि र विकासका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) ले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ संघीय सरकार गठनको पहलकदमी गरिरहेको छ । वर्तमान परिस्थितिमा सुदूरपश्चिम प्रदेशमासमेत राजनीतिक स्थायित्व, समृद्धि र विकासलाई तिव्रता प्रदान गर्ने उद्देश्यले नेकपा (एमाले) ले सोडारी नेतृत्वको सरकारबाट असार २० गते समर्थन फिर्ता लिई सकेको छ ।

नेपाली काँग्रेस सरकारमा नरहेको र नेकपा (एमाले) को संसदीय दलले सरकारवाट समर्थन फिर्ता लिइसके पश्चात वर्तमान सरकार अल्पमतमा रहेको छ ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८१ असार २३

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP